यी हुन् ट्रिलियन डलर बढी बजारपूँजीकरण भएका संसारका २० सेयर बजार



एजेन्सी । कोरोना भाइरसका कारण संसारभरको अर्थतन्त्र समस्यामा परेको भए पनि सेयर बजारलाई त्यसले खासै प्रभाव पारेको छ । प्रमुख आर्थिक सम्पन्न देशदेखि कमजोर अर्थतन्त्र भएका नेपाल जस्ता देशमा समेत सेयर बजार भने उकालो लाग्ने क्रममा नै छ । यसले अर्थतन्त्रलाई पूर्ण रुपमा संकटमा जानबाट रोकेको बताउने गरिएको छ ।

कोरोनाले अर्थतन्त्र तवाह हुँदा सेयर बजार भने किन प्रभावकारी रह््यो र त्यसले किन उकालोको यात्रा तय गर्यो भन्ने आम रुपमा जिज्ञासा भने रहँदै आएको छ ।

सोही क्रममा केही रमाइला विवरणहरु पनि सार्वजनिक भएका छन् । संसारभरको सेयर बजारको अवस्था के होला भन्ने आम मानिसको चासो पनि उत्तिकै रहेको छ ।

आइतबारको कारोबार सकिँदासम्म नेपालको पुँजीबजारको बजार पुँजीकरण ४० खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकको सेयर बजारको पुँजीकरण पछिल्लो १ वर्षमा दोब्बरभन्दा बढीले बढेको छ ।

तर संसारका सेयर बजारको तुलनामा नेपालको सेयर बजारको पुँजीकरण असाध्यै सानो मानिन्छ भने संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्टक एक्सचेञ्जको बजार पुँजीकरण सबैभन्दा ठूलो हो । कूल बजार बजार पूँजीकरण २४.४ ट्रिलियन डलर बराबर छ । यो सबैभन्दा बढी बजार पूँजीकरण भएको सेयर बजार हो ।

संसारभरका कम्पनीहरु सो बजारमा सूचीकरण हुन लालायित हुन्छन् । लगानी गर्न र मनग्य नाफा बमाउनका लागि संसारभरका कम्पनीहरु सो सेयर बजारमा आफना सेयर सूचीकरण गरउाँछन् ।

यस्तै, अर्को बजार हो, नास्डेक कम्पोजिट । यो पनि अमेरिकाकै सेयर बजार हो । यो अमेरिकका अर्को ठूलो बजार हो । यसको कूल बजार पूँजीकरण २०.८७ ट्रिलियन डलर रहेको छ ।

यी दुई अमेरिकी बजारपछि तेस्रो ठूलो बजार सांघाई स्टक एक्सचेञ्ज हो । चीनको सेयर बजारको महत्वपूर्ण स्थान ओगटेको यस बजारको कूल बजार पूँजीकरण मात्रै ७.६३ ट्रिलियन अमेरिकी डलर रहेको छ ।

यस्तै, चीनको अर्को ठूलो सेयर बजारको रुपमा परिचित हङकङ एक्सचेञ्ज । यसको कूल बजार पूँजीकरण ६.८७ ट्रिलियन डलर रहेको छ । पाँचौं नम्बरमा छ जापान एक्सचेञ्ज ग्रुप । जापानको सेयर बजारको कूल बजार पूँजीकरण मात्रै ६.७१ ट्रिलियन डलर रहेको छ ।

यूरोपेली देशको सेयर बजारका रुपमा परिचित छ, यूरोनेक्स्ट यूरोप । सो बजारको कूल बजार पूँजीकरण ५.८५ ट्रिलियन डलर रहेको छ ।

चीनकै अर्को सेयर बजारको रुपमा रहेको छ, सेञ्झेन स्टक एक्सचेञ्ज । यो चीनको तेस्रो बजार हो । यसको कूल बजार पूँजीकरण मात्रै ५.७२ ट्रिलियन डलर रहेको छ ।

बेलायत र इटालीको सेयर बजारको रुपमा परिचित छ , एलएसइ ग्रुप । यसको कूल बजार पूँजीकरण रहेको छ , ३.८२ ट्रिलियन डलर रहेको छ ।

यस्तै, नेशनल स्टक एक्सचेञ्ज अफ इण्डिया, भारतको सेयर बजार हो । सो बजारको कूस्ल बजार पूँजीकरण ३.०५ ट्रिलियन डलर रहेको छ ।

क्यानडाको सेयर बजारको नाम हो, टिएमएक्स । यसको कूल बजार पूँजीकरण २.९५ ट्रिलियन डलर रहेको छ ।

यस्तै, नेदरल्याण्डको सेयर बजारको काम गर्ने डुत्सेज बोरिएस रहेको छ । सो बजारको कूल बजार पूँजीकरण २.६५ ट्रिलियन डलर रहेको छ । साउदी अरबको साउदी स्टक एक्सचेञ्जको बजार पूँजीकरण २.५८ ट्रिलियन डलर बराबरको रहेको छ ।

यस्तै ट्रिलियन डलर बजार पूँजीकरण भएको अर्को बजार हो, नास्डाक नर्डिक एण्ड बाल्टिक्स । यसको बजार पूँजीकरण २.४१ ट्रिलियन डलर रहेको छ । कोरियन एक्सचेञ्जको बजार पूँजीकरण २.३९ ट्रिलियन डलर रहेको छ ।

स्वीस एक्सचेञ्जको बजार पूँजीकरण २.१३ छ भने ताइवान स्टक एक्सचेञ्जको बजार पूँजीकरण १.८९ ट्रिलियन डलर रहेको छ । एएसएक्स अष्ट्रेलियन सेक्युरिटज एक्सचेञ्जको बजार पूँजीकरण १.८९ ट्रिलियन डलर रहेको छ ।

जोहानेसवर्ग स्टक एक्सचेञ्जको बजार पूँजीकरण १.२१ ट्रिलियन डलर रहेको छ । ब्राजिल बोल्साको बजार पूँजीकरण १.१२ र तेहरान स्टक एक्सचेञ्जको बजार पूँजीकरण १.०१ ट्रिलियन डलर रहेको छ ।


क्लिकमान्डु