एकल बीमालेखमा कडाइ गर्दै बीमा समितिले जारी गर्यो- जीवन बीमालेख सम्बन्धी निर्देशिका



काठमाडौं । एकल बीमा लेखमा कडाई गर्दै बीमा समितिले ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको छ । समितिले बीमालेख स्वीकृति प्रकृयालाई सरलीकृत र व्यवस्थित बनाइ एकरुपता कयम गर्न सो निर्देशिका जारी गरेको उल्लेख गरेको छ ।

जारी निर्देशिका अनुसार अब बीमा कम्पनीहरुले एकल बीमालेख जारी गर्न स्वीकृत लिएको ६ महिनाभित्रमा प्रचलनमा ल्याइसक्नु पर्नेछ ।

यदि दिइएको समयमा स्वीकृत बीमालेख प्रचलनमा नल्याएमा स्वतः रद्द हुने समितिले उल्लेख गरेको छ । साथै, समितिले तोकेको समयभन्दा अगावै यस्ता बीमालेख कम्पनीहरुले जारी गर्न पाउने छैनन् ।

यस्तो बीमालेख बिक्री गर्दा बिमकले ५ लाख रुपैयाँभन्दा बढी वार्षिक आम्दानी वा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमितको आम्दानी स्रोत खुलेको कागजात अनिवार्य लिनुपर्नेछ । यस्तो बीमालेख तयार गर्दा न्यूनतम ५ वर्ष र म्यादी बमिाको हकमा न्यूनतम १ वर्षको लागि गर्नु पर्नेछ ।

साथै, बीमकले एकल बीमा गराउँदा बीमितलाई कुनै पनि शर्त तथा सुविधा सम्बन्धी गलत विवरण उपलब्ध गराइ भ्रममा पारी बीमालेख बिक्री गर्न पाउने छैन् ।

यसैगरी, समितिले जारी गरेको निर्देशिक अनुसार अबदेखि एकल बीमालेख जारी भएको कम्तीमा ३ वर्षपछि मात्र बीमितले सरेन्डर गर्न पाउने छन् । साथै, बीमा कम्पनीहरुले ३ वर्षसम्म बीमाशुल्क प्राप्त भएको एकल बीमालेख धितो राखेर मात्र ऋण दिन सक्नेछन् ।

एकल बीमालेख भुक्तानी गर्दा बीमा कम्पनीहरुले ३ वर्षपुरा भएको भएमा बीमाशुल्कको ८० प्रतिशत र आर्जित बोनश, ४ वर्षमा बीमाशुल्कको ८५ प्रतिशत र आर्जित बोनश, बीमालेख जारी भउको ५ वर्षमा बीमाशुल्कको ९० प्रतिशत र आर्जित बोनश भुक्तानी गर्नुपर्ने छ । साथै, ऋणको रकम बढीमा समपर्ण मूल्यको ९० प्रतिशत र घटीमा १ हजार रुपैयाँसम्म कायम गर्नु पर्नेछ ।

यस्तो छ कार्यविधि


क्लिकमान्डु