बुधबार पनि घट्यो नेप्से, १३५ कम्पनीको सेयर मूल्यमा गिरावट



काठमाडौं । लगातार घटिरहेको सेयर बजारले बुधबार पनि निरन्तरता पाएको छ । बुधबार नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ अंकमा सीमित भएको छ ।

यो दिन १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँमा कारोबार भएको छ । यो दिन ६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । त्यसैगरी २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक र माइक्रोफाइनान्सबाहेकका अन्य उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष सिभिल लघुवित्त, सामूदायिक लघुवित्त, साधना लघुवित्त, इभरेष्ट इन्स्योरेन्सलगायतका कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा माथिल्लो तामाकोसी, युनाइटेड इदी मर्दी, राधी विद्युत्, शिव श्री हाइड्रोपावर, घलेम्दी हाइड्रो लिमिटेडलगायक कम्पनी छन् ।


क्लिकमान्डु