१ अर्ब रूपैयाँको आरबीबी म्यूचुअल फण्ड-१ को आजदेखि बिक्री खुला
काठमाडौं । आरबीबी म्यूचुअल फण्ड–१ को बिक्री खुला भएको छ ।
प्रतिकित्ता १० रुपैयाँ अंकित १० करोड इकाइमध्ये बीज पुँजी वापत १३ प्रतिशत इकाइ कोष प्रबद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइको बिक्री खुला गरिएको हो ।
म्यूचुअल फण्डको इकाइमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाइसम्म आवेदन दिन सकिनेछ । निष्कासन तथा बिक्री छिटोमा असार २७ गते र ढिलोमा साउन ६ गते बन्द हुनेछ ।