जीवन विकास लघुवित्तको आइपीओको बाँडफाँट बुधबार विहान हुने



काठमाडाैं । जीवन विकास लघुवित्त कम्पनीको आइपीओको बाँडफाँट बुधबार विहान हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी एनएमबि क्यापिटलका अनुसार बुधबार विहान साढे ९ बजे बाँडफाँट हुनेछ ।

कम्पनीको आइपीओको प्रि-अलोटमेन्ट सोमबार भएको थियो ।

जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७३२ जनाले आवेदन दिएका थिए । जुन हालसम्म कुनै पनि आइपीओ परेको सबैभन्दा धेरै आवेदन हो ।

कम्पनीको आइपीओमा कुल ३ करोड १२ लाख ६६ हजार २६० कित्ताका लागि आवेदन परेको छ  ।

कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।

त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९/८० मा २६.९६ प्रतिशत छ ।


क्लिकमान्डु