मंगलबारको प्रि-ओपनिङमा ६.६३ अंकले बढ्यो नेप्से, ३६ कम्पनीको कारोबार
काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से ६.६३ अंकले बढेको छ । प्रि-ओपनिङमा ३६ वटा कम्पनीको कारोबार भएको छ । जसमा २३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा गरिमा विका बैंक, मञ्जुश्री फाइनान्स, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स, प्राइभ लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनीलगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा गुमाउने कम्पनीहरुमा मेगा बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, नेपाल इन्स्योरेन्सलगायतका कम्पनीहरु छन् ।