तामाकोसीको विद्युत् उत्पादनले हुँदा मानवीय जीवनमा बहुआयामिक वृद्धि पनि गराउँछः प्रम



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी आयोजनाबाट विद्युत् उत्पादनसँगै हाम्रो जीवनको बहुआयामिक वृद्धि पनि भएका बताएका छन् ।

सोमबार बालुवाटारबाट आयोजनाको भर्चुअल उद्घाटन् गर्दै प्रधानमन्त्री ओलीले यो एउटा रािष्ट्रय खुसी समेत भएको बताए । राष्ट्रिय गौरवको आयोजना निर्माणको क्रममा अलिकति ढिला भएको भए पनि अत्यन्तै खुसीको कुरा भएको बताए ।

उनले यसको लाभ सबैले लिनुपर्ने बताए । राष्ट्रिय लाभको विषय भएकाले सबैले लाभ दिनुपर्ने बताए ।
यो आयोजनामा सर्वसाधारणको लगानी समेत भएकाले सबै लगानीकर्तालाई लगानी सफल भएकोमा बधाइ समेत दिए ।

उनले आजभन्दा ४ वर्षअघि नै तयार भएको भए मुलुकको विकासमा पुग्ने सहयोग गुमाइएको भन्दै त्यो नदेखिने गरी ठूलो घाटा भएको बताए । उनले निर्धारित समयमा आयोजना निर्माण सम्पन्न नहुँदा यसले प्रत्यक्ष र परोक्षरुपमा मुलुकलाई घाटा भए पनि बताए । उनले यस्ता आयोजनाबाट पाठ सिकेर आगामी दिनमा यस्ता गल्ती दोहोर्याउन नहुने बताए ।


क्लिकमान्डु