प्रि-ओपनिङमा ११ अंकले बढ्यो नेप्से, ३१ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १०. ९९ अंकले बढेर २८४५.५१ अंकमा पुगेको छ ।

प्रि-ओपनिङमा ३१ वटा कम्पनीको कारोबार भएको छ । जसमा १८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा सबैभनदा बढी सेयर मूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी, नेपाल ल्युव आयल, माथिल्लो तामाकोसी, डिप्रोक्स लघुवित्त, बेस्ट फाइनान्स लगायतका कम्पनी छन् ।

त्यसैगरी सबैभनदा बढी गुमाउने कमपनीमा मितेरी डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर कम्पनी, नेपाल रि इन्स्योरेन्स कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीलगायतका छन् ।


क्लिकमान्डु