८.४८ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ८.४८ अंकले घटेको छ । यो दिन ६० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यो दिन १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ होटल तथा पर्यटन सब इन्डेक्सतर्फ २.३६ प्रतिशत र म्यूचुअल फण्ड ०.१ प्रतिशतले बढेको छ भने अन्य उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा ओरियन्टल होटल, सीईडीबत्री हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स लगायतका कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर कम्पनी छन् ।


क्लिकमान्डु