मनकामना स्मार्ट लघुवित्तको आइपीओमा पहिलो दिन नै २० गुणाबढी आवेदन, आवेदक करिब ६ लाख
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बिहीबारदेखि निष्कासन गरेको आइपीओमा दोब्बर आवेदन परेको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ८८ हजार ३७२ जना आवेदकले ७९ लाख ५३ हजार ८७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकितका दरले ३ लाख ८९ हजार साधारण सेयरमध्ये ६ हजार ५९ कित्ता कर्मचारी र १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।
कस्तो छ वित्तीय अवस्था ?
आर्थिक वर्ष २०७६/७७मा कम्पनीको कुल सञ्चित नाफा ४६ लाख २२ हजार रुपैयाँ रहेको छ भने आव २०७७/७८ मा कुल सञ्चित नाफा २ करोड ९६ लाख ७६ हजार हुने प्रक्षेपण गरिएको छ ।
त्यसैगरी आव २०७८/८९ मा ८ करोड ८८ लाख ४० हजार र आव २०७९/८० मा १५ करोड ७३ लाख १७ हजार हुने प्रक्षेपण गरिएको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ आव २०७६/७७ मा ११०.८४ रहेकोमा आव २०७७/७८ मा १३२.८८ रुपैयाँ, आव २०७८/७९ मा १८६.८१ रुपैयाँ र आव २०७९/८० मा २७२.९० रुपैयाँ प्रक्षेपण गरिएको छ ।
त्यसैगरी कम्पनीको प्रतिसेयर आम्दानी आव २०७६/७७ मा ६.८५ रुपैयाँ रहेकोमा आव २०७८/७९ मा २६.५१, आव २०७८/७९ मा ५३.४० रुपैयाँ र आव २०७९/८० मा ८५.३३ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।