नरेन्द्र बल्लभ पन्तको नेतृत्वमा चेम्बरले गठन गर्यो उर्जा समिति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नरेन्द्र बल्लभ पन्तको नेतृत्वमा उर्जा समिति गठन गरेको छ ।

विभिन्न विषयगत समिति गठन गरिरहेको चेम्बरले बुधबार उर्जा समिति गठन गरेको हो । समितिमा सभापतिको जिम्मेवारी पन्तले पाएका छन् भने सहसभापतिमा गणेश कार्की र उत्तर कुमार श्रेष्ठ रहेका छन् ।

९ सदस्यीय समितिमा सुमन कर्माचार्य, आशिस थापा, बलराम खतिवडा, नविन सिंह, उत्तमभ्लोन लामा र इशा श्रेष्ठ रहेका छन् ।

चेम्बरले यसअघि भिमलाल पौड्यालको नेतृत्वमा उद्योग समिति, दिपक श्रेष्ठको नेतृत्वमा रोजगारदाता समिति र राजेन्द्र मल्लको नेतृत्वमा कृषि, जडिबुटी तथा वनजन्य समिति चयन गरिसकेको छ ।


क्लिकमान्डु