उतारचढावका बीच सम्हालियो नेप्से, ४.८२ विन्दुले घट्दा कारोबार रकम पनि खुम्चियो



काठमाडौं । बुधबारको कारोबारमा उतारचढावका बीच नेप्से परिसूचक ४.८२ अंकले घटेको छ । कारोबारका क्रममा २८०० भन्दा तल झरेको नेप्से कारोबार बन्द हुँदासम्म २८२३.८७ अंकमा बन्द भएको छ ।

यो दिन १ करोड ६२ लाख ४८ हजार १०० कित्ता कारोबार ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार ४३५ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन फाइनान्स र विकास बैंकको सबइन्डेक्समा वृद्धि देखिएको छ । साथै लगानी, जीवन बीमा, बैंकिङलगायतका उपसमूहमा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा पोखरा फाइनानसको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट देखिएको छ भने अन्य कमाउने शीर्ष कम्पनीमा सेन्ट्रल फाइनान्स, नेपाल फाइनानस, मल्टिप्रपोज फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्सलगायतका कमपनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा एचआइडीसीएल, खानीखोला हाइड्रोपावर, गुणपति माइक्रोफाइनान्स, सबैको लघुवित्त, सोल्टी होटललगायतका कम्पनी छन् ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रोपावर कम्पनीलगायतका छन् ।


क्लिकमान्डु