नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्न राष्ट्र बैंकको अनुमति, असारभित्रै एकीकृत कारोबार
काठमाडौं । नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ ।
दुवै संस्थाको विशेष साधारणसभाले एक्विजेशनमा जाने निर्णय गरेका थिए । राष्ट्र बैंकबाट अनुमति आएको र असारभित्र एकीकृत कारोबार गर्ने नेपाल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उद्धव थपलियाले जानकारी दिए ।
ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी ५० करोड पुग्ने छ । नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा स्थापना भएको नेपाल फाइनान्स समस्याग्रस्त घोषणा भएको थियो । नयाँ लगानीकर्ता प्रवेशपछि नेपाल फाइनान्स सुधारको क्रममा रहेको छ ।
एक्विजेशनपछि नेपाल फाइनान्सको निक्षेप ७५ करोड पुग्ने छ भने कर्जा ७० करोड पुग्ने छ । १२ स्थानमा शाखा हुने छ । मंसिरभित्रमा ८० करोड चुक्ता पूँजी पुर्याउनुपर्ने हुन्छ ।