सत्ता र शक्तिको बलमा आर्थिक अपराध, दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा जाने भए जेल



एजेन्सी । सत्ता र शक्तिले अन्धो भएपछि के लाग्दो रहेछ र ? दक्षिण अफ्रिाकाका एक पूर्वराष्ट्रपतिलाई त्यस्तै भएको छ ।

अनेकन आर्थिक घोटाला तथा अपराधमा जोडिएपछि दक्षिण अफ्रिाकाका पूर्वराष्ट्रपति जेल नै जाने भएका छन् । समाज विज्ञानले भन्छ- अति गर्नु, अत्याचार नगर्नु ।

सत्ता र शक्तिमा रहँदा जुमाले गरेको समग्र अपराधका कारण जीवनको उत्तरार्धमा अब उनले जेलको चिसो हावा खानुपर्ने भएको छ ।

दक्षिण अफ्रिकाको संवैधानिक अदालतले पूर्वराष्ट्रपति ज्याकोब जुमालाई १५ महिनाको जेल सजाय गरेको छ ।

अदालतको अवहेलना मुद्दामा दोषी ठहर गर्दै संबैधानिक अदालतले जुमालाई जेल सजाय तोकेको हो । संबैधानिक अदालतका न्यायाधीश सिसि खाम्पेपेले अदालतको निर्णय सुनाएका थिए ।

अदालतले जुमालाई एन्कान्डला वा जोहानेसबर्गको प्रहरी चौकीमा ५ दिनभित्र स्वयं उपस्थित हुन पनि आदेश दिएको छ । जुमाका निवास एन्कान्डला र जोहानेसबर्ग दुबै ठाउँमा रहेका छन् ।

जुमाले प्रहरीमा स्वयं उपस्थित नभएर अटेर गरेमा दक्षिण अफ्रिकी प्रहरी मन्त्री भेकी सिलेले ३ दिनभित्र आवश्यक व्यवस्था गरी जुमालाई सुधार गृहमा पठाउन पनि आदेश दिएको छ ।

पूर्वराष्ट्रपति जुमाले राज्य आयोगमा उपस्थित भएर बयान दिन अदालतले दिएको आदेश इन्कार गरेको भन्दै मानहानिको मुद्दा चलाइएको हो ।

सन् २०१८ मा गठन भएको यस आयोगले जुमा बिरुद्ध राज्यको शक्तिमाथि हस्तक्षेप गरेको, भ्रष्टाचार गरेको तथा राज्यका स्रोतसाधनको दुरुपयोग गरेको अभियोगमा छानबिन गरिरहेको छ ।

गत फेब्रुअरीमा पनि जुमालाई आयोगमा उपस्थित हुन भनिएको थियो तर उहाँले उपस्थित हुन अस्वीकार गर्नु भएको थियो ।

आयोगका अध्यक्ष एवं न्यायाधीश रेमन्ड जोन्डोका कार्यहरु आफू विरुद्ध पक्षपातपूर्ण रहेको दावी जुमाले गर्दै आएका छन् ।

त्यहाँको संवैधानिक अदालतको बहुमतको निर्णय सुनाउन न्यायाधीशलाई झण्डै एक घण्टा लागेको थियो । आदेशमा स्पष्टका साथ उल्लेख गर्दै भनिएको छ ‘जुमाले भ्रष्टाचार अनुसन्धानमा असहयोग गरेका छन्,त्यो अदालतको अवहेलना हो ।’

जुमा पूर्वराष्ट्रपति तथा रंगभेद विरोधी स्वर्गीय नेता नेल्सन मण्डेलाका खास मित्रसमेत हुन् । उनी सन् २००९ देखि सन् २०१८ सम्म त्यहाँको राष्ट्रपति थिए । उनी अफ्रिकी नेशनल काँग्रेस पार्टीका पनि वरिष्ठ नेता थिए । दक्षिण अफ्रिकाको नेशनल काँग्रेसलाई शक्तिशाली पार्टीको रुपमा लिइन्छ । सो पार्टीका उच्च नेता कुनै न कुनै रुपमा भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।

जुमाको भारतीय व्यापारीहरुसँगको सम्बन्ध तथा लगानीका विषयमा समेत पटक पटक प्रश्न उठेको थियो । किनकी, साधन र स्रोतको अकूत दुरुपयोग गरेको भन्दै सार्वजनिक रुपमा नै प्रश्न उठ्ने गरेको थियो र उद्यपी अझै पनि छ ।


क्लिकमान्डु