कोरोना कहरः दक्षिण कोरियाली बैङको ‘लेन्डिङ’ दरमा गिरावट



एजेन्सी । कोरोनाका कारण संसारभर नै आर्थिक संकट चुलिएको छ । रोजगारीमा आएको कमी, उद्योग धन्दा बन्द हुँदा परेको असरका कारण अर्थतन्त्र नकारात्मक अवस्थामा पुगेको हो ।

यसै क्रममा पूर्वी एशियाको आर्थिक सम्पन्न देश दक्षिण कोरियामा समेत समस्या देखिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

ती अधिकारीका अनुसार दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डिङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्यांकमा देखिएको छ ।

घरपरिवारलाई वार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अंकले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

रियल स्टेट ऋण दर ०.०४ प्रतिशत बिन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०.०४ प्रतिशत बिन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ ।

यो तथ्यांक गत बर्षको मेदेखि ब्याजदरमा अपरिबर्तित कम-नीति दरको कारण कायम भएको बैंकले जनाएको छ । कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अंकले बढेको हो ।


क्लिकमान्डु