ग्लोबल आइएमई क्यापिटलमा २० जना बढीलाई रोजगारीको अवसर



काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले जागिर खुलाएको छ । क्यापिटलले बुधबार विज्ञापनमार्फत् २० जनाभन्दा बढीका लागि रोजगारी आवेदन माग गरेको हो ।

क्यापिटलले विभिन्न ११ वटा पदका लागि आवेदन माग गरेको छ । जसमा ३ जना म्यानेजमेन्ट ट्रेनी, इन्भेटमेन्ट बैंकिङमा डिपाटेमेन्ट हेड र सुपरभाइजर, फाइनासियल एडभाजरको लागि १ जना जुनियर र १ जना सुपरभाइजर, रिर्सज डिपामेन्टमा १ जना म्यानेजर र २ जना सुपरभाइजर र डिपोजिटर पाटिसिपेन्टमा १ जना सुपरभाइजर माग गरेको छ ।

साथै, क्यापिटलले केही संख्यामा ट्रेनी असिस्टेन, इन्टरनल अडिट डिपामेन्टमा १ जना अफिसर र १ जना असिस्टेन, मार्केटिङमा १ जना म्यानेजर र १ जना सुपरभाइजर, एकाउण्डमा १ जना म्यानेजर, आरटीएस डिपाटमेन्टमा १ जना सुपरभाइजर र रिकन्सिलियसनमा १ जना सुपरभाइजर र १ जना असिस्टेन माग गरेको छ ।

तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेको इच्छुक आवेदकले असार ३१ गतेसम्म ग्लोबल आइएमई क्यापिटलको आधिकारीक वेवसाइट मार्फत् आवेदन दिनु सक्नेछन्


क्लिकमान्डु