प्रि-ओपनिङमा ७.६६ अंकले बढ्यो नेप्से, ३७ कम्पनीको कारोबार
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ७.६६ अंकले बढेर २८३५.६७ विन्दुमा पुगेको छ ।
प्रि-ओपनिङमा ३७ कम्पनीको कारोबार भएको छ । जसमा २५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा सबैभन्दा बढी सेयर मूल्य बढ्ने कम्पनीमा छिमेक लघुवित्त, नेपाल इन्स्योरेन्स कम्पनी, गोर्खाज फाइनान्स, अरुण काबेली पावर, ओरियन्टल होटल्स, मञ्जुश्री फाइनान्स, कर्पोएरेट डेभलपमेन्ट बैंक र एचआइडीसीएललगायतका कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी सेयर मूल्य घट्ने कम्पनीमा गुडविल फाइनान्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नबिल बैंक, राधी विद्युत् कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, वरुण हाइड्रोपावर लगायतका कम्पनी छन् ।