त्रिभुवन विश्वविद्यालयले माग्यो ७७ जना कर्मचारी



काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतियोगितामार्फत् ७७ जना कर्मचारी माग गरेको छ ।

कार्यालयले प्राविधिक अधिकृतमा १० जना र मुख्य अधिकृत सहायकमा ६७ जना गरी ७७ जना कर्मचारीको माग गरेको हो ।

कार्यालयका अनुसार उक्त पदका लागि योग्यता पुगेका नागरिकहरूले साउन ४ गते रातको १२ बजेसम्म र दोब्बर दस्तुर तिरेर साउन ९ गतेको १२ बजेसम्ममा दरखास्त दिन सक्नेछन् ।

जसमा आयोगले अधिकृत तृतीय श्रेणीका लागि २८ सय सहायक प्रथम श्रेणीका लागि २ हजार रुपैयाँ आवेदन दस्तुर तोकेको छ । साथै समावेशी समूहमा समेत आवेदन दिने उम्मेदवारहरूलाई प्रतिथप समूह बापत २० प्रतिशत थप शुल्क लाग्नेछ ।

उक्त दरखास्तका लागि योग्यता पुगेको र इच्छुक परीक्षार्थीले आयोगको वेवसाइट www.tuservicecommission.edu.np मा अंकित अनलाइन एप्लिकेशनमार्फत् दरखास्त दिन सक्नेछन् ।

त्यसैगरी आयोगले अधिकृत पदका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक प्रथम पदमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने मापदण्ड तोकेको छ । तर, त्रिविमा स्थायी, अस्थायी वा करार सेवामा वहाल रहेका शिक्षक कर्मचारीको हकमा उमेर हदलाग्ने छैन ।


क्लिकमान्डु