५ अंकले बढ्यो नेप्से, कारोबार रकम पौने ८ अर्ब मात्रै



काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा झिनो वृद्धि देखिएको छ । नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५.५० विन्दुमा पुगेको छ ।

यो दिन १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१५ रुपैयाँमा कारोबार भएको छ । यो दिन ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १३ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उपसमूहतर्फ विकास बैंक र जलविद्युत् र फाइनान्स कम्पनीको सब इन्डेक्समा गिरावट देखिएको छ ।

आजको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीहरुमा सबैको लघुवित्त, सिभिल लघुवित्त, एचआइडीसीएल, सामूदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्तलगायतका कम्पनी छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा बेस्ट फाइनान्स, रिलायन्स फाइनान्स, राधी विद्युत् कम्पनी, आइसीएफसी फाइनान्स, पञ्चकन्या माइलगायतका कम्पनी छन् ।


क्लिकमान्डु