युनियन लाइफले ६४ करोड ५० लाख बराबरको आइपीओ निष्कासनका लागि पायो अनुमति



काठमाडौं । युनियन लाइफले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

युनियन लाइफले कुल चुक्तापुँजीको ३० प्रतिशत अर्थात् ६४ लाख ५० हजार कित्ता सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु