माथिल्लो तामाकोशीको परीक्षणको अन्तिम तयारी पूरा, आइतबारबाट राष्ट्रिय विद्युत् प्रणालीमा जोडिदै



काठमाडौं । राष्ट्रिय गौरवको ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको परीक्षण आइतबार (असार १३ गते) बाट शुरु हुने भएको छ ।

आयोजना निर्माण शुरु भएको ११ वर्षपछि राष्ट्रिय प्रशारणलाइनमा जोडिन लागेको हो ।

नेपाल विद्युत प्राधिकरणकाअनुसार असार १३ गतेदेखि १९ गतेसम्म आयोजना परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिनेछ ।

तामाकोशीबाट उत्पादित विद्युत् खिम्ती–लामोसाँघु १३२ केभी प्रशारणलाइनबाट राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

तामाकोशी विद्युत उत्पादन परीक्षणका क्रममा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट केही समय विद्युत् कटौती हुनेछ ।

यो आयोजनाको परीक्षण उत्पादनका गत चैतदेखि नै काम भइरहेको छ । तर अडिट टनेलमा पानी चुहिने समस्या आएपछि त्यो समय पर सर्दै आएको छ ।


क्लिकमान्डु