तेह्रथुप पावर कम्पनीले पायो आइपीओ निष्कासनको अनुमति



काठमाडौं । तेह्रथुप पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति पाएको छ ।

कम्पनीले बिहीबार नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त कित्ताबाट स्थानीयबासीका लागि पनि आइपीओ जारी गर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल कम्पनी छ ।


क्लिकमान्डु