जीवन विकास लघुवित्तको आइपीओमा साढे २ बजेसम्म पौने ५ लाखले दिए आवेदन



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयको आइपीओमा पहिलो दिन ४ लाख ७३ हजार ५२१ जनाले आवेन दिएका छन् ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार दिउँसो साढे २ बसेसम्म ७३ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन परेको छ । कम्पनीले प्रति सेयर १ सय रुपैयाँ अंकितका दरले १९ लाख ७७ हजार ३०० कित्ता सेयर आइपीओ जारी गरेको हो ।

कम्पनीका अनुसार उक्त सेयर कित्तामध्ये ३० हजार ४२० कित्ता (०.५ प्रतिशत) कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ मा प्रतिसेयर नेटवर्थ ३०५.२७ रुपैयाँ, प्रतिसेयर आम्दानी १०४.९७ रुपैयाँ र नेटवर्थ प्रतिफल ३४.३९ प्रतिशत छ । कम्पनीको सञ्चित नाफा ४ लाख ७ हजार ६२१ रुपैयाँ छ ।

त्यसैगरी कम्पनीको आगामी तीन वर्षको प्रक्षेपित नेगवर्थ प्रतिफल आर्थिक वर्ष २०७७/७८ मा २९.१० प्रतिशत, आव २०७८/७९ मा २९ प्रतिशत र आव २०७९÷८० मा २६.९६ प्रतिशत छ ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओ छिटोमा असार १५ गते र ढिलोमा असार २५ गते बन्द हुनेछ ।


क्लिकमान्डु