प्रि-ओपनिङमा मूल्य परिवर्तनको सीमा २% मा झार्ने निर्णय कार्यान्वयनमा केही समय लाग्ने



काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि-ओपनिङमा ५ प्रतिशतको मार्जिन घटाएर २ प्रतिशत कायम गर्ने निर्णय आइतबारदेखि लागू नुहने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले धितोपत्र बोर्डको उक्त निर्णय कार्यान्वयनका लागि केही समय लाग्ने बताए ।

‘बोर्डको उक्त निर्देशनबारे निर्णय गर्न नेप्सेको बोर्ड बैठक बसेपछि मात्रै निर्णय हुन्छ, त्यसपछि प्राविधिक रुपमा पनि काम गर्नुपर्ने हुन्छ,’ उनले भने ।

उनका अनुसार सीडीएससी र नेप्सेले प्राविधिक रुपमा पनि केही काम गर्नुपर्ने भएकाले आइतबारदेखि नै कार्यान्वयनमा नआउने बताए ।

धितोपत्र बोर्डले बिहीबार प्रि-ओपनिङमा मूल्य परिवर्तनको सीमा ५ प्रतिशतबाट २ प्रतिशतम झार्ने निर्णय गरेको थियो । बोर्डले धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएको भन्दै मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ ।

त्यसैगरी बोर्डले सेयर खरिद वा बिक्री गर्दा न्यूनतम मूल्य परिवर्तन सीमालाई १ रुपैयाँबाट घटाएर १० पैसामा सीमित गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु