ज्योति विकास बैंकले ९% ब्याजदर भएको डेढ अर्बको ऋणपत्र निष्कासन गर्ने



काठमाडौं । ज्योति विकास बैंकले डेढ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदर भएको १५ लाख कित्ता बराबरको १ अर्ब ५० करोड बराबरको ऋणपत्र असार २० गतेदेखि निष्कासन गर्न लागेको हो ।

कम्पनीले १० वर्षे अवधि भएको डेढ अर्बमध्ये ९ लाख कित्ता ऋणपत्रले हुन आउने ९० करोड रुपैयाँ बराबरको ऋणपुँजी व्यक्तिगत तवरबाट र बाँकी रहेको ६ लाख कित्ता ऋण पुँजी बराबरको ६० करोड रुपैयाँको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट समेत भइसकेको छ । बाँकी रहेको ऋणपत्रमा सर्वसाधारणले लगानी गर्न पाउनेछन् ।

कम्पनीका अनुसार ऋणपत्र निष्कासन असार २० गते हुनेछ भने ऋणपत्र निष्कासन छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गते बन्द हुनेछ ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य भएको कम्पनीको ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।


क्लिकमान्डु