२३ किलो सुनसहित २ भारतीय पक्राउ, साढे १८ करोड बिगो दावीसहित मुद्दा दायर



काठमाडौं । करिब २३ किलो सुन र १ किलो ७८ ग्राम चाँदीसहित पक्राउ परेका २ जना भारतीय नागरिक विरूद्ध आन्तरिक राजस्व विभागले मुद्दा दर्ता गरेको छ ।

भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न रहेको अभियोगमा भारतीय नागरिकहरू अशोक कुमार सिन्हा र निवेदिका सिन्हा विरुद्ध १८ करोड ६५ लाख २ हजार ७०० रूपैयाँ बराबर बिगो कायम गर्दै विभागले बुधबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो ।

अशोक कुमार सिन्हा र निवेदिका सिन्हा बाबुछोरी रहेको खुलेको छ ।

भारतको पूर्वी चम्पारण स्थायी ठेगाना रहेका सिन्हा विरगंज महानगरपालिका वडा नंम्बर ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नंम्बर ३०३ खरीद गरी बसोबास गर्दै अएका थिए ।

उनीहरूले २२ किलो ९५७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदीका गरगहना अवैध रुपमा भन्सार चोरी पैठारी गरी लुकाइछिपाई राखेको अवस्थामा भेटिएको विभागले जनाएको छ ।


क्लिकमान्डु