प्रि-ओपनिङमा ११.७० अंकले बढ्यो नेप्से, ३८ कम्पनीको कारोबार



काठमाडौं । बिहीबार प्रि-ओपनिङमा नेप्से ११.७० अंकले बढेर २८७१.६६ विन्दुमा पुगेको छ ।

प्रि-ओपनिङमा ३८ वटा कम्पनीको कारोबार भएको छ । जसमा २० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

जसमा राधी विद्युत् कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिवम् सिमेन्टलगायतका कम्पनी छन् ।

त्यसैगरी गुमाउने कम्पनीमा मञ्जुश्री फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, , ज्योति लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट कम्पनीलगायतका छन् ।


क्लिकमान्डु