माधव नेपाल समर्थित जीवन राईलाई निर्वाचन आयोगले दियो दल दर्ताको प्रमाणपत्र



काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समर्थित युवाहरुको दलले मान्यता पाएको छ ।

निर्वाचन आयोगले नेकपा एकीकृतलाई दल दर्ताको प्रमाणपत्र दिएको हो ।

युवा नेता जीवन राईको नेतृत्वमा वैशाख ६ नेकपा एकीकृत नामको पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको थियो । आयोगले पार्टीलाई कलम चुनाव चिह्न दिइएको छ । पार्टीको अध्यक्षमा जीवन राई, उपाध्यक्षमा कल्पना गुरुङ, महासचिवमा विनोद खुलाल, सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहेका छन् ।


क्लिकमान्डु