लुम्बध्वज महत र चुडामणी शर्मा सहित ३ जनाविरुद्ध १ अर्ब बढी बिगो दावीसहित मुद्दा दर्ता



काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कर फछर्यौट आयोग, २०७१ का पदाधिकारीहरु अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणी शर्मा ढकाल विरुद्द भष्ट्राचार मुद्दा दर्ता गरेको छ ।

आयोगले १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर भष्ट्राचार गरेको ठहर गर्दै बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

चुडामणी शर्मा ढकाल आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् ।

‘नेपाल सरकारलाई प्राप्त हुने ठूलो मात्राको राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको भनी आयोगमा परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा करदाताहरूको बिभिन्न कर शीर्षकमा कर बक्यौता रहेकोमा कर फर्छ्यौट आयोगका पदाधिकारीहरूले आपसी कुराकानीलाई मात्र आधार लिई कर छुट दिने गरी सम्झौता गरी मनोमानी किसिमले बदनियपूर्वक १ अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ बराबर कर छुट दिएको देखिएको छ,’ आयोगले दायर गरेको मुद्दामा भनिएको छ ।


क्लिकमान्डु