प्राधिकरणले आफ्ना आयोजना बन्द गर्दा निजीको बिजुली उत्पादन बढ्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाको बिजुली उत्पादन कटौती भएपछि निजी क्षेत्रका आयोजनाको बिजुली उत्पादनको मात्रा बढी देखिएको छ ।

प्राधिकरणका अनुसार निजी क्षेत्रका आयोजनाबाट हाल ११ हजार ७० मेगावाट घण्टा बिजुली उत्पादन भइरहेको छ ।

प्राधिकरणले कुलेखानी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन बन्द गरेको छ । सो आयोजनाका ३ वटा प्लान्टबाट १०४ मेगावाट बिजुली उत्पादन हुन्छ । पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट बिजुली उत्पादन हुने गरेको छ ।

यस्तै, कालीगण्डकी लगायतका आयोजनाले पनि बाढी पहिरोका कारण पूर्णक्षमतामा उत्पादन गरेका छैनन् । सोही कारण निजी क्षेत्रका आयोजनाको उत्पादन बढी रहेको छ ।

हाल प्राधिकरणको प्रणालीमा आफनै उत्पादन मात्रै ८ हजार ९०६ मेगावाट घण्टा रहेको छ ।

बर्षाको समयमा समेत भारतबाट बिजुली आयात भइरहेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार कुल आयात ६ हजार ८२३ मेगावाट घण्टा रहेको छ । यस्तै, प्रणालीमा ३० मेगावाट घण्टा अवरोध देखिन्छ । बाढी तथा बर्षाका कारण अवरोध भएको हो ।

वर्षाको समय भएपनि निषेधाज्ञा खुकुलो हुँदा बिजुली माग अलिक बढेको छ । हाल प्रणालीमा २६ हजार ६२९ मेगावाट घण्टा विद्युत् माग रहेको छ ।

हाल मेगावाटका आधारमा पिक डिमाण्ड १ हजार ३३४ मेगावाट रहेको छ । रातको समयमा भने केही परिमाणमा बिजुली खेर गएको भएपनि के कति खेर गएको हो भन्ने बारेमा प्राधिकरणले केही बताएको छैन ।


क्लिकमान्डु