नेपाल पुनर्बीमा कम्पनीद्वारा २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीलाई २० प्रतिशत लाभाशं घोषणा गरेको छ । कम्पनीको सोमबार साँझ ५ः१५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा र सेयर प्रिमियमबाट चुक्तापुँजी १० अर्बको १६.५० प्रतिशत बोनस सेयर तथा ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने घोषणा गरेको हो ।

सेयरधनीले कम्पनीले घोषणा गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।


क्लिकमान्डु