सर्वोच्च अदातलको आदेश अवेज्ञा गर्दै सरकार



काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश अवेज्ञा गरेको छ । सर्वोच्च अदालतले निषेधाज्ञा सकिएको १५ दिनसम्म कोभिड–१९ नियन्त्रण, उपचार र रोकथामसँग सम्बन्धित बाहेकका टेन्डर आह्वान नगर्नु भन्दै असार १ गते विपक्षी सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

तर सर्वोच्चको आदेश अवज्ञा गर्दै सरकारले टेन्डर आह्वान गरेको पाइएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रवक्ता सुशिल ढकालले किन कार्यालयले सर्वोच्चको आदेश पालन नगरेका भनेर प्रश्न गर्दा उनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

यसका लागि कार्यालयका कानून अधिकृतसम्म सम्पर्क गर्न अनुरोध गरे । तर उनले उपलब्ध गराएको कानून अधिकृतसँग सम्पर्क हुन सकेन ।

यसबीचमा कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन यूरिया आपूत्र्ति तथा वितरणका लागि असार २ गते ठेक्का निकालेको छ ।

जलस्रोत तथा सिचाई विकास सब डिभिजन मनाङले असार २ गते २ वटा ठेक्का निकालेको छ । सब डिभिजनले नार सिचाई परियोजनाका लागि नहर र नगरको संरचना निर्माण गर्न टेन्डर आह्वान गरेको हो । साथै सब डिभिजनले पाइपको आपूर्तिका लागि पनि टेन्डर आह्वान गरेको छ ।

बीरेन्द्रनगर नगरपालिकाले असार २ गते नगरपालिकाको प्रशासकिय भवन निर्माणका लागि टेन्डर आह्वान गरेको छ । नेपाल विद्युत प्राधिकरणले असार ४ गते ३ वटा ठेक्का निकालेको छ ।

असार ६ गते वृहत दाङ उपत्यका सिचाई परियोजनाले हेडवर्क, नहर र ट्यूबेल निर्माणका लागि असार ६ गते बोलपत्र आह्वान गरेको छ ।


क्लिकमान्डु