नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि दियो आवेदन



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा असार ४ गते आवेदन दिएको हो ।

बैंकले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकले १३ लाख १२ हजार ३३८ कित्ता सेयर हकप्रदमार्फत् निष्कासन गर्ने योजना बनाएको हो ।


क्लिकमान्डु