कामना सेवा विकास बैंकको १२५औं शाखा ललितपुरको नख्खु दोबाटोमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा यही असार ६ गते आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ
। हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेका हुन् ।
उक्त उद्द्धाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकज्यूहरुको भच्र्युवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।
बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।