३ खेलाडीले कोकाकोला र बियरको बोतल हटाएपछि युइएफएले भन्यो- अब हटाए कारबाही गर्छौ



काठमाडौं । यतिबेला फुटबलप्रेमीका लागि युरोकप र कोपा अमेरिका जस्ता ठूला प्रतियोगिता चलिरहेको छ । फुटबल प्रेमीका लागि प्रतियोगिताको चर्चा हुनु स्वभाविक नै हो ।

तर यतिबेला फुटबलसँगै कोलाकोला र हेइनकेइन बियरको पनि चर्चा छ ।

पोर्चुगलका लेजेन्ड खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रेस कन्फरेन्समा बोल्ने क्रममा २ वटा कोकाकोलाको आफू अगाडिबाट हटाएसँगै त्यसको असर कोकाकोलाको सेयर सेयरमा देखिएको छ ।

रोनाल्डोले कोकाकोलाको बोतल हटाएपछि फ्रेस कन्फेन्स सकिँदासम्म युरोपको सेयर बजारमा कोकाकोलाको मार्केट भ्याल्यू ४ अर्ब डलरले घटेको थियो ।

रोनाल्डोको उक्त भिडियो निकै भाइरल पनि भयो ।

रोनाल्डोको उक्त कार्यलाई पछ्याउँदै फ्रान्सका पउल पोग्बाले फ्रेन्स कन्फरेन्सका क्रममा टेबुलमा राखेर हेइनकेइन बियरलाई टेबुल मुनी मिल्काएका थिए ।

तर यसमा कोकाकोलाको जस्तै सेयर मूल्य घट्नुका साटो बढ्यो । पोग्बाको उक्त एक कार्यले हेइनकेन बियरको सेयर मूल्य १.६५ ले बढेको थियो ।

त्यसैगरी अर्को खेलाडी इटलीका म्यानुअल लुकालाटीले पनि प्रेस कन्फरेन्समा कोकाकोलाको बोतल हटाएका थिए ।

एकपछि अर्को खेलाडीले स्पोन्सर ब्राण्डका बोतल हटाउन थालेपछि यूइएफएले चेतावनी दिँदै बोतल हटाएमा जरिवाना तिराउने बताएको छ ।

युरो २०२० प्रतियोगिताका निर्देशक मार्टिन क्यालेनले युइएफएले सबै टिमलाई स्पोन्सरका बोतल नहटाउन भनेको बताए ।

युइएफएले स्पोन्सरबाट सन् २०१६ मा कुल ४८३ मिलियन युरो आम्दानी गरेको थियो । स्पोन्सरबाट प्राप्त भएको ३७१ मिलियन युरो २४ वटा टिममा बाँडिन्छ । जसमा बिजेताले बढीमा ३४ मिलियन युरोसम्म प्राप्त गर्छ । साथै ग्रुप गेम बिजेताले पनि उक्त रकम पाउँछन् ।

विश्वभरका सयौं क्लबहरुले कम्तीमा २०० मिलियन युरो युइएफएबाट पाउँछन् । साथै १३० मिलियन युरोप प्रत्येक दिन ६३० खेलाडीका पनि खर्च हुन्छ ।


क्लिकमान्डु