इपानले भन्यो- यसकारण बढ्यो हाइड्रोपावरको सेयर मूल्य, बोर्डको विज्ञप्ति त्रुटिपूर्ण



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेको भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानले दुःख व्यक्त गरेको छ ।

सेयर मूल्यमा चलखेल भएको भन्ने आशंकामा बोर्डले ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको थियो । जसमा २१ वटा जलविद्युत् कम्पनी थिए ।

इपानले हाल सेयर बजारमा ४० वटा कम्पनी सूचिकृत भएको भन्दै जलविद्युत् कम्पनीको प्रकृति ख्याल नै नगरी मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थलाई आधार बनाएर जलविद्युत् कम्पनी भएको लगानी जोखिमयुक्त भन्न नहुने दावी गरेको छ ।

जलविद्युत् कम्पनीहरु सामान्यतया सञ्चालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने भन्दै इपानले कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८० प्रतिशत ऋण लगानी गरेर जलविद्युत् आयोजना निर्माण गरेको बताएको छ ।

इपानले जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रि«य प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरु भएपछि मात्रै कम्पनीको आम्दानी बिस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने उल्लेख गरेको छ ।

‘अहिले प्राथमिक सेयर निष्काशन गरेर दोस्रो बजारमा कारोबार भैरहेका धेरै जलविद्युत् कम्पनीहरुको भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्नभई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गईरहेका र अझैसम्म निर्माणाधिन रहेका छन्,’ इपानले भनेको छ ।

इपानले जलविद्युत् कम्पनीको सेयर मूल्य बढ्नुमा प्राधिकरणले १० मेगावाटभन्दा कम क्षमताका आयोजनालाई लगाउँदै आएको एडी पेनाल्टी हटाउनु ऊर्जा आयोजनाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले १४ प्रतिशतसम्म ब्याज लिँदै आएकोमा सो ब्याजदर ७ प्रतिशतमा झर्नु, रुग्ण जलविद्युत् आयोजनाहरुलाई सवल रुपमा सञ्चालनका लागि नेपाल राष्ट्र बैंक मार्पmत पुनरकर्जाको व्यवस्था गर्नु, जलविद्युत् आयोजनालाई आवश्यक पर्ने सामग्रीमा भ्याट छुटको व्यवस्था हुनु जस्ता सकारात्मक कदमहरुका कारण जलविद्युत् कम्पनीहरुको सेयर मूल्य बढेको हो ।

तर धितोपत्र बोर्डले जलविद्युत् कम्पनीको यो प्रकृतिलाई ख्यालै नगरी बैक तथा वित्तिय संस्था वा अन्य व्यापारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अहिले गरेको मूल्याड्ढन अन्यायपूर्ण भएको इपानको ठहर छ ।

धितोपत्र बजार आफैमा संवेदनशिल क्षेत्र हो । स्वतन्त्र बाजरमा मूल्य माग र आपूर्तीका आधारमा तय हुने भएपनि धितोपत्र बजारमा सानो सूचनाको भरमा, नियामक निकाय, राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तीहरुको वोली र व्यवहारले समेत असर गर्दछ पनि इपानको भनाइ छ ।

त्यसैले दोस्रो बजारमा हुने सेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको सेयर खरिद बिक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय नभएको इपानले बताएको छ ।

यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गरेर गलत गर्ने व्यक्ती वा संस्थालाई कारवाही गर्नुपर्ने इपानको भनाइ छ ।

इपानले सरकार तथा अर्थमन्त्रालयले धितोपत्र बोर्डको यो कदमको बारेमा गम्भीर अध्ययन गरेर बोर्डका कर्मचारीहरुबाट मिलेमतोमा भएको रहेछ भने दोषीलाई कारवाही गर्न समेत गरेको छ ।


क्लिकमान्डु