वैदेशिक रोजगारसँग सम्बन्धित संस्थाले असार मसान्तभित्र नवीकरण गर्नुपर्ने



काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धि संस्थाहरूलाई असार मसान्तभित्र नवीकरण गर्नका लागि निवेदन आह्वान गरेको छ ।

विभागले वैदेशिक रोजगार सम्बन्धित प्रचलित कानून बमोजिम स्थापना भइ विभागबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त रहेको म्यानपावर व्यवसायीहलाई असान्त मसान्तभित्रमा नवीकरण गर्न आह्वान गरेको हो ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र सम्बन्धित निर्देशिका एवं कार्यविधि बमोजिम २०७८ असार मसान्तभित्र र सीपमुलक तालिम प्रदायक संस्थाहरूको हकमा असार १५ गतेभित्र सम्बन्धित कानूनमा उल्लेख भए बमोजिमको नवीकरण दस्तुर र तोकिएका कागजपत्रहरू संलग्न गरी नवीकरणका लागि निवेदन आह्वान गरिएको छ ।

जसमा इजाजत प्राप्त संस्था म्यानपावरहरूको हकमा संस्थाको निवेदन, अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भर्पाइ वा आयकर दाखिला प्रमाण पेश गर्नुपर्ने जनाएको छ ।

साथै पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात, अघिल्लो आवमा वैदेशिक रोजगारमा पठाएका कामदारको संस्था र अवस्था, ऐनको दफा ११ (ख) को व्यहोरा प्रमाणित हुने कागजात उल्लेख गरेको छ ।

त्यस्तै, नियमानुसारको नवीकरण दस्तुर बुझाएको भरपाई, विभागबाट प्राप्त इजाजतपत्रको प्रतिलिपी, नगद धारैटी र बैंक ग्यारेन्टीको प्रतिलिपी, कम्पनी अद्यावधिक भएको वा सो को प्रक्रिया शुरु गरिएको प्रमाणित हुनेका कागजात पेश गर्नुपर्ने छ ।


क्लिकमान्डु