सवा ६ अर्ब खर्चेर अंगोलामा प्रविधि केन्द्र बनाउँदै हुवावे



एजेन्सी । चीनको प्रविधि क्षेत्रको कम्पनी हुवावेले अफ्रिकी मुलुक अङ्गोलामा दुई वटा प्रविधि तालिम केन्द्र निर्माणका लागि सवा ६ अर्ब खर्च गर्ने भएको छ ।

हुवावेले सो कार्यका लागि ६ करोड अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ ।

हुवावे अंगोलामा प्रतिनिधि चु सियाओसिनले राष्ट्रपति जोआओ लोरेन्कोसँगको भेटमा उक्त जानकारी दिएका हुन् ।

ती केन्द्रमा करिब २ हजार युवाले दूरसञ्चार र सूचना प्रविधिका क्षेत्रमा नयाँ ज्ञान प्राप्त गर्न सक्ने हुवावेले जनाएको छ ।

हुवावेका प्रतिनिधि चुले पछिल्लो परियोजनाले अंगोेलामा डिजिटल अर्थतन्त्रको विकासमा योगदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अफ्रिकी महादेशका धेरै देशमा चीनले केही वर्षदेखि दूरसञ्चार, पर्यटन, सडक, रेल समेतका पूर्वाधार निर्माणमा लगानी विस्तार गरिरहेको छ ।


पुष्प दुलाल