निषेधाज्ञा सकिएको १५ दिनपछि मात्र ठेक्का आह्वान गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई अत्यावश्यक सेवा बाहेक निषेधाज्ञा सकिएको १५ दिनपछि मात्र ठेक्का आह्वान गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सो आदेश दिएको हो ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष्य रवि सिंहले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट निवेदन दिएका थिए । निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्त टंकप्रसाद दुललले बहस गरेका थिए ।

सर्वोच्चले निषेधाज्ञाको आदेश जारी भएको मिति पश्चात आह्वान भएका बोलपत्र र निषेधाज्ञाको अवधिमा म्याद समाप्त हुनेगरी आह्वान भएका बोलपत्र समेत जनस्वास्थ्य र कोभिडसँग सम्बन्धित भई कोभिड–नियन्त्रण, रोकथाम र उपचारको प्रयोजनार्थ आह्वान गरिएका र अति आवश्यक सेवा सम्बन्धी बोलपत्र बाहेक अन्य बोलपत्रहरुको प्रकृया निषेधात्राको आदेश समाप्त भएको मितिले १५ दिनको समय इच्छुक बोलपत्र दातालाई प्रदान गरेर मात्र बोलपत्रको प्रकृया अगाडि बढाउनु साथै स्वास्थ्य सम्बन्धी र कोभिड–१९ लक्षित एवं अति आवश्यक सेवा सम्बन्धी बोलपत्र बाहेक अन्य बोलपत्र निषेधत्राको अवधि समाप्त भएको मितिले १५ दिनसम्म आह्वान नगर्न, नगराउनू भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम यो अन्तरीम आदेश जारी गरिएको छ ।


क्लिकमान्डु