प्रदेश नम्बर २ को बजेट ३३ अर्ब ७९ करोड, १ अर्ब आन्तरिक ऋण उठाउने



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नम्बर २ ले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

मंगलबार प्रदेश नम्बर २ का आर्थिक मामिला तया योजना मन्त्री बिजय कुमार यादवले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षको आय-व्यव अनुमान प्रस्तुत गरेका हुन् ।
कुल विनियोजित बजेटमध्ये चालुगततर्फ २४.२६ प्रतिशत अर्थात् १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार रुपैयाँ बराबरको बजेट छुट्याईएको छ ।

त्यस्तै पुँजीगततर्फ कुल विनियोजित बजेटको ५३.४४ प्रतिशत अर्थात् १८ अर्ब ५ करोड ३० लाख ८३ हजार रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ प्रदेश नम्बर २ ले १० करोड रुपैयाँ बराबर मात्रै बजेट छुट्याएको छ ।

स्रोत व्यवस्थापनतर्फ प्रदेशको आन्तरिक स्रोतबाट ३ अर्ब ४ करोड ९१ लाख, ३१ हजार र संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ बराबर व्यहोरिनेछ ।

राजस्व बाँडफाँटबाट ९ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ बराबर स्रोत व्यहोरिनेछ ।
चालु आर्थिक वर्षको बजेट खर्च गर्न नसकेको ६ अर्ब २५ करोड रुपैयाँ बराबरको नगद मौज्दात समेत गरी बजेट स्रोत व्यवस्थापन गरिएको छ ।

यी माथिका स्रोतबाट ३२ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बराबरको बजेट स्रोत व्यवस्थापन गरिएको छ । बाँकी १ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य प्रदेश नम्बर २ ले राखेको छ ।


क्लिकमान्डु