विशाल बजार र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा चलखेल, बोर्डले शुरु गर्यो अध्ययन



काठमाडौं । विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्यमा चलखेल गरिएको आशंकामा नेपाल धितोपत्र बोर्डले छानबिन शुरु गरेको छ ।

बोर्डका अनुसार विशाल बजार कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता १५२८ रुपैयाँ रहेकोमा हाल ६ हजार ४७७ रुपैयाँ कायम भएको छ । कम्पनीको इपीएस २५०.३, पीइ रेसिया २५.८८ र नेटवर्थ १६५८.३२ रुपैयाँ छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य गत वैशाख ३० गते प्रतिकित्ता २४०० रुपैयाँ रहेकोमा हाल यो बढेर प्रतिकित्ता १० हजार ६६५ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २६.३५, पीइ रेसियो ४०४.७४ र नेटवर्थ ४१४.१९ रुपैयाँ छ ।


क्लिकमान्डु