प्रदेश नम्बर १ का कर्मचारीलाई दैनिक १ सय बराबरको खाजा खर्च



काठमाडौं । प्रदेश नम्बर १ सरकारले उक्त प्रदेशमा कार्यरत सबै सरकारी कर्मचारीलाई दैनीक खाजा खर्च उपलब्ध गराउने भएको छ ।

आगामी साउन १ गतेबाट लागू हुनेगरी प्रदेश सरकारले प्रतिकर्मचारी दैनिक १ सय रुपैयाँ दिने भएको हो ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत प्रदेश नम्बर १ सरकारले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु) ले मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट पेश गरेका थिए ।


क्लिकमान्डु