कर्नरिङको आशंकामा चन्द्रागिरि हिल्स् र सोल्टी होटलको सेयर मूल्यबारे अध्ययन गर्दै धितोपत्र बोर्ड



काठमाडौं । चन्द्रागिरि हिल्स् र सोल्टी होटलको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डले अध्ययन शुरु गरेको छ ।

धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर मूल्यमा चलखेल गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाइएको गुनासो आएपछि अध्ययन गरेको थियो । जसमा ५१ वटा कम्पनीको छनोट गरिएको छ ।

बोर्डले अहिले यी कम्पनीहरुको सेयर मूल्य कसरी बढ्यो भन्ने विषयमा अध्ययन गरिरहेको छ । कोरोना महामारीबाट होटल तथा पर्यटन क्षेत्र प्रभावित भएका छन् । व्यवसाय ठप्प हुँदा पनि यी कम्पनीको सेयर मूल्य निकै बढेको छ । यसले पनि चलखेल भएको आशंकामा बोर्डले अध्ययन शुरु गरेको हो ।

बार्डका अनुसार २०७८ जष्ठ ३१ गते चन्द्रागिरि हिल्स्को सेयर मूल्य प्रतिकिता १ हजार ७३१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । चन्द्रागिरिको इपीएस ऋणात्मक ११.८१, पीई रेसियो ऋणात्मक १४६.५७ र कम्पनीको खुद मूल्य ७९.०९ रुपैयाँ छ ।

बोर्डका अनुसार सोल्टी होटलको सेयर २०७३ साउन गते ४३८ रुपैयाँ प्रति कित्तामा कारोबार भएको छ । २०७७ बैशाख ३० मा कम्पनीको सेयर मूल्य १६६ रुपैयाँमा झरेको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २९२ रुपैयाँ रहेको धितोपत्र बोर्डको अध्ययनमा उल्लेख छ । कम्पनीको इपीएस ऋणात्मक १.६२, पीई रेसियो ऋणात्मक १८०.२५, खुद मूल्य १७.९६ रुपैयाँ छ ।


क्लिकमान्डु