नेप्से परिसूचकमा करेक्सन, विकास बैंक, फाइनान्स र जलविद्युतको सब इन्डेक्सनमा गिरावट



काठमाडौं । मंगलबार सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल धितोपत्र बोर्डले सेयर बजारसमा विभिन्न ५१ वटा कम्पनीले कर्नरिङ गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाएको अध्ययन प्रतिवेदनसम्बन्धि समाचार प्रकाशित भएसँगै सेयर मूल्यमा गिरावट देखिएको हो ।

यो दिनको कारोबारमा नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ अंकमा सीमित भएको छ ।

यो दिन ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर छ । यो दिन ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता सेयर १६ अर्ब ५२ करोड २८ लाख ७४ हजार ९७९ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन उपसूमहतर्फ विकास बैंक, फाइनान्स कम्पनी र जलविद्युत् कम्पनीको सब इन्डेक्समा गिरावट देखिएको छ । त्यसैगरी होटल र पर्यटन, इन्भेष्टमेन्ट इन्डेक्स, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा वृद्धि देखिएको छ ।

यो दिन सबैभन्दा बढी कमाउने कम्पनीहरुमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर कम्पनी, युनियन हाइड्रोपावर, हिमालयन डिस्ष्टिलरी, एनआइसीएल कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा छ्याङी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, वरुण हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्सलगायतका छन् ।


क्लिकमान्डु