जीवन विकास लघुवित्तले आइपीओ निष्कासनका लागि पायो अनुमति



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) निष्कासनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्र्डले उक्त कम्पनीलाई आइपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

बोर्डले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता सेयर आइपीओ निष्कासनका लागि अनुमति प्राप्त गरेको हो । कम्पनीले कुल चुक्तापुँजीको ३२.५० प्रतिशत सेयर आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ ।


क्लिकमान्डु