मंगलबारको प्रि-ओपनिङमा ३५.९८ अंकले बढ्यो नेप्से, १०२ कम्पनीको कारोबार



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक ३५.९८ अंकले बढेर ३०६१.८१ अंकमा पुगेको छ । सोमबार नयाँ रेकर्ड कायम गरेको नेप्से परिसूचक मंगलबारको प्रि-ओपनिङमा पनि बढेको हो ।

प्रि-ओपनिङमा १०२ वटा कम्पनीको कारोबार भएको छ । जसमा ७० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा तारगाउँ रिजेन्सी होटल, आरएसडीसी लघुवित्त, नेपाल इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैक, फस्ट माइक्रोफाइनान्स, चन्द्रागिरि हिल्स, नबिल बैंक र सामूदाियक लघुवित्त वित्तीय संस्था छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा माछापुछ«े बैंक, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, कालिका पावर कम्पनी, सिद्धार्थ इन्योरेन्स, बेस्ट फाइनान्स छन् ।


क्लिकमान्डु