खानीखोला हाइड्रोपावरको दोस्रो बजारमा कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले खानीखोला हाइड्रोपावर लिमिटेडको दोस्रो बजारमा सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले गत जेठ २० गतेदेखि उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो ।
उक्त कम्पनीले गत जेठ २६ गते नेप्सेको वेवसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अधयन गर्न सक्ने गरी कम्पनीका वित्तीय विवरणहरु अपलोड गरी रोक्का राखिएको धितोपत्रको दोस्रो बजार कारोबार फुकुवा गरिदिनका लागि आग्रह गरेको थियो । सोही अनुसार नेप्सेले कम्पनीको दोस्रो बजारको कारोबार फुकुवा गरेको हो ।