निषेधाज्ञा १ साता थपियो, पुस्तक पसल, हार्डवेयर खुल्ने र अनलाइन डेलिभरी पनि सञ्चालन हुने



काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा एक साता थपिएको छ ।

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा असार ७ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब तरकारी, फलफूल पसल र किराना पसल विहान ११ बजेसम्म खुल्न पाउनेछन् ।

साथै नयाँ निषेधाज्ञामा पुस्तक पसल खोल्न पाइनेछ भने निर्माण सामग्रीसँग सम्बन्धि हार्डवेयर पसलहरु दिउँसो ४ बजेदेखि खोल्न पाइनेछ ।

त्यसैगरी अनलाइन डेलिभरी विहान ७ बजेदेखि सञ्चालन गर्न पाइने छ भने होटल तथा रेष्टुराँले होम डेलिभरी गर्ने उद्देश्यले सञ्चालन गर्न पाउनेछन् ।


क्लिकमान्डु