हुन्डाई नेपालले विद्युतीय सवारी पूर्वाधार विकास र सेवा बिस्तारमा काम गर्ने



काठमाडौं । हुन्डाई गाडीको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीका लागि आवश्यक पर्ने पूर्वाधार विकास र सेवा विस्तार गर्ने भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल कोना र आयोनिक गाडी बिक्री वितरण गर्दै आएको छ । यी दुबै ब्राण्ड नेपालमा निकै लोकप्रिय छन् ।

कम्पनीले आफ्ना ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना बनाइरहेको जनाएको छ । कम्पनीले हालसम्म २१ वटा चार्जिङ पोइन्टसहरूको स्थापना गरिसकेको छ । यी चार्जिङ पोइन्टसहरूमा हुन्डाई गाडीका उपभोक्ताहरूलाई निःशुल्क सवारी साधन चार्ज गर्न प्राथमिकता हुनेछ तथापि अन्य ब्राण्डका गाडीहरुका लागि चार्जिङ शुल्क चार्जिङ ठाउँहरू अनुसार फरक हुन सक्नेछ ।

कम्पनीले देशभरी १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ ।

सरकारले पेश गरेको गत बजेटमा विद्युतीय सवारी साधनमा थप शुल्क लगाइएको कारण मूल्य अत्यन्तै बढेको थियो यद्यपि, हालै आ.व. २०७८–७९ को लागि प्रस्तुत गरिएकोे बजेटमा विद्युतीय सवारीहरुमा कर घटाइएकोले हुन्डाईका विद्युतिय गाडीहरुको शुल्क पनि घटेको छ ।

हाल कोना १०० किलोवाट ब्याट्रीको मूल्य ५६ लाख ९६ हजार र कोना १५० किलोवाट ब्याट्रीको मूल्य ७१ लाख ९६ लाख रुपैयाँ र आइओनिक १०० किलोवाट ब्याट्री क्षमताको मूल्य ५७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कहाँ कहाँ छन् चार्जिङ प्वाइन्ट ?

•LI Auto Services- Kupondole

 

•LI Quicks- Tinkune

•Labim Mall- Pulchowk
•New Shiva Service- Sinamangal
•Hyundai Sales- Naxal
•Hyundai Sales-Thapathali
•Barahi Service Center-Pokhara
•Bindhya Service Center-Pokhara
•Pokhara Grand Hotel-Pokhara
•Water Front Resort-Pokhara
•Hotel Barahi-Pokhara
•Jagat motors- Bhaiharawa
•Siddhi Vinayak Service- Butwal
•New Rider Service- Dang
•HIM intercontinental- Nepalgunj
•Dinesh 4 Wheels- Dhangadhi
• Orchids Moto Corp- Birgunj
•Royal Auto World-Biratnagar
•Pathivara Auto Link- Itharai
•Pinnacle Service Center- Bharatpur
•Alliance Motors- Birtamode


पुष्प दुलाल