लगानीकर्ताको गुनासो आएपछि भोलिदेखि एओएन डिसेबल गर्दै नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले भोलिदेखि एओएन डिसेबल गर्ने तयारी गरेको छ ।

नेप्सेका प्रवक्ता मुरारी पराजुलीले धितोपत्र बोर्डको निर्देशन प्राप्त भइनसकेको र प्राप्त भएपछि डिसेबल गरिने बताए । उनले लगानीकर्ताको गुनासो आएपछि एओएन डिसेबल गर्ने विषयमा छलफलपछि उक्त निर्णय भएको बताए ।

एओएन (अल अर नन) भनेको सेयर बिक्री गर्दा एकैपटक सबै  वा शुन्य भन्ने अर्थ हुन्छ । जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर नभइ एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् ।

तर यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा सेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो नेप्सेमा आएको थियो । त्यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गर्दै आएका थिए ।


क्लिकमान्डु